विमानबाट चारजनाको शव अग्नि नियन्त्रक दलले निकालेको छ।
विमान मर्मतका लागि पोखरा जाँदै गरेको खुलेको छ। जसमा चालक दलका सदस्यसहित १९ जना सवार रहेको स्रोतले जनाएको छ।
त्यही जहाजमा कम्तिमा ११ जना विमान मर्मतकर्ता इन्जिनियर रहेका थिए। जहाजबाट क्याप्टेन मनिष शाक्यको भने सकुशल उद्धार भएको छ।
जहाजमा अन्य दुईजना को–पाइलट पनि रहेको बुझिएको छ। उनीहरूको अवस्था भने खुलेको छैन।






