आज दिउँसो २ बजे मन्त्रिपरिषद्काे नियमित बैठक बस्दै

काठमाडौँ । मन्त्रिपरिषद् नियमित बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे बोलाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुने बुझिएको छ । आजको बैठकमा विभिन्न देशका राजदूत नियुक्तिबारे छलफल हुनसक्ने एक मन्त्रीले बताए ।

यद्यपि उनले मन्त्रिपरिषद् बैठकका एजेन्डाबारे केही नभनिएकाले थप जानकारी नभएको बताए । यसअघि प्रचण्ड नेतृत्वको सरकारले ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो

 

Related posts