चितवनमा दुईवटा ट्रक एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु, एकको अवस्था गम्भीर

दुर्घटनामा परी भारतीय नम्बर भएको ट्रकका चालक भारत उत्तर प्रदेशका २४ वर्षीय हेहताव आलम र ना ६ ख ५९९६ नम्बरको कन्टेनर चालक पर्सा विरगञ्ज महानगरपालिका २४ का अन्दाजी ४० वर्षका प्रमोद पटेलको मृत्यु भएको छ। दुर्घटनामा परी घाइते भएका दुबैजनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

त्यस्तै भारतीय नम्बर प्लेटको ट्रकका सह चालक भारतको गोरखपुर जिल्लाका वर्ष २२ का सावन अहमद घाइते भएका छन्। उनको अवस्था गम्भीर रहेको तथा नयाँ मेडिकल कलेज चितवनमा उपचार भई रहेको छ।

Related posts