तनहुँको आँबुखैरेनी बस दुर्घटनाः घाइते भेट्न र शव लिनका लागि भारतबाट राज्यमन्त्री आउँदै

काठमाडौं, भदौ ८ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा शुक्रबार भएको बस दुर्घटनाका शव लिन भारतकी एक राज्यमन्त्री नेपाल आउने भएकी छन् । घाइते भएका आफ्ना नागरिकलाई भेट्न र शव लिनका लागि भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडेस नेपाल आउन लागेकी हुन् 

शुक्रबार आँबुखैरेनीको ऐना पहरा नजिकै भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा २७ जनाको मृत्ययु भएको थियो भने १६ जना घाइते भएका थिए । मृतकको शव चितवनको भरतपुर अस्पतालमा परीक्षण गरिंदैछ । आज दिउँसो १२ बजेसम्म परीक्षण सकेर सम्बन्धित पक्षलाई बुझाउने तयारी छ ।

घाइते भएका दुर्घटनामा १६ जनाको काठमाडौंमा उपचार भइरहेको छ । उनीहरूलाई शुक्रबार नै हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो । मृतक र घाइते सबै भारतको महाराष्ट्र प्रदेश जलगाउँ जिल्लाका हुन् ।

Related posts