बाजुरा, भदौ १३। नेपाल रेडक्रस सोसाइटी बाजुरा जिल्ला शाखाले गाई खर्कमा पहिरोमा परि घाइते भएका ३ जना घरपरिवारलाई राहत दिएको छ। हिमाली गाउँपालिका वडा नम्बर ३ बौडी गाउँको गाई खर्कमा गएको साउन महिनाको २६ गते बिहान माथिबाट अचानक आएको पहिरोले घाइते ४ जना भएका हुन। जसमध्ये तुलधन बुढा, मान बहादुर रोकाया र हंस बहादुर रोकाया लगायत ततिन घरपरिवारलाई नेपाल रेडक्रस सोसाइटी बाजुरा जिल्ला शाखाले राहत वितरण गरिएको छ। पहिरोले घाइते भएका तिन जनाको घरपरिवारलाई त्रिपाल, भाडाकुडा एक सेट, कमल र लगाउने धोती साडी सहित एक/एक सामाग्री उपलब्ध गराएको अर्जुन रोकायाले बताए। सानोतिनो सहयोग घाइते घरपरिवार राहत स्वरुप आवश्यक सामाग्री नेपाल रेडक्रस सोसाइटी बाजुराले बिहीबार दिउँसो हस्तान्तरण गरिएको छ। घाइतेहरु जिल्लामा आफै धाएर सक्दो सानो सहयोग पाउदा खुशी समेत व्यक्त गरेका छन। राहत सामाग्री उपलब्ध गराएकोमा सहयोगी नेपाल रेडक्रस बाजुरा जिल्ला शाखालाई धन्यवाद सहित दिएको रोकायाले बताए ।
उमेश रोकाया
Related posts

राष्ट्रपतिद्वारा नवनियुक्त प्रदेश प्रमुखहरूले लिए शपथ
२०७८ साउन १३ | मध्यान्ह ०८:०४ बजे
७ औं न्यु सृजना कप नकआउट फुटबल प्रतियोगिता २०८१ तयारी पुरा
२०८१ फाल्गुन ५ | मध्यान्ह ०६:११ बजे
इलाममा बालिका बलात्कारको आरोपमा अनाथालयका अध्यक्ष र सचिव पक्राउ
२०७९ जेष्ठ २८ | मध्यान्ह ०३:०२ बजे


