भारतबाट जुत्ताभित्र लुकाएर नेपाली रुपैयाँ ल्याउने एकजना रौतहटमा पक्राउ

रौतहट । भारतबाट लुकाइ छिपाइ स्रोत नखुलेको ४ लाख रुपैयाँ नगद ल्याउने एक जना भारतीय नागरिकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । 

बुधबार बिहान गौर नगरपालिका वडा नम्बर १ स्थित सडक खण्डमा जिल्ला प्रहरी कार्यालयबाट टोलीले चेकजाँचका क्रममा भारत सितामढीका १८ वर्षीय सत्यम भन्ने अनिकेत राजलाई सो रकमसहित पक्राउ गरेको हो। 

भारतबाट गौर बजारतर्फ पैदलै आउँदै गरेका उनलाई शंका लागि चेकजाँच गर्दा दाहिने र देब्रे खुट्टामा लगाएको जुताभित्र ३ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै  दाहिने र देब्रे खुट्टामा ईलाष्टिकले बाँधेर लुकाएको अवस्थामा  थप १ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

 

Related posts