जनमत पार्टीका अध्यक्ष सिके राउतले हाले सम्बन्धविच्छेदको मुद्दा

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले जिल्ला अदालत ललितपुरमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेका छन्। उनले भदौ १२ गते श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्धबिच्छेदको मुद्दा दायर गरेको ललितपुर जिल्ला अदालत स्रोतले जानकारी दिएको छ। राउतकी श्रीमती सोनी भारतीय नागरिक हुन्।

महालक्ष्मी नगरपालिका वडा नम्बर ४ इमाडोल बस्दै आएका राउतले सम्बन्ध नमिलेका कारणले विच्छेद गरिपाऊँ भन्दै मुद्दा दायर गरेका हुन्। राउतले मुद्दामा आफ्ना दुई छोरी र एक छोरालाई पनि आफैँसँग राख्न माग गरेका छन्।

मुद्दामा राउतले श्रीमती पटकपटक माइत जाने र काठमाडौँमा नबस्नेलगायतका कतिपय नातासम्बन्धी समस्या उल्लेख गरेका छन्।

Related posts