‘हिंसा’ विरुद्ध दाहालको आक्रोश: अपमानजनक अभिव्यक्ति नसच्याइए संसद चल्दैन

दाहालले भने, ‘संविधानमा माओवादी जनयुद्ध भनेर गरिएको व्याख्यात्मक टिप्पणीविपरीत एमाले नेतृत्वले माओवादी आन्दोलनलाई अपमानित गर्ने, अपभ्रंश गर्ने उद्देश्य राखेर व्यक्त गरेको अभिव्यक्ति नसच्याएसम्म हाम्रो विरोध जारी रहन्छ।’ अध्यक्ष दाहालले उपसभामुख हटाउने प्रयासबाट कांग्रेस–एमाले पछि हट्ने  विश्वास व्यक्त गरे। उनले भने, ‘सायद उपसभामुख हटाउने विषयबाट उहाँहरू नै पछि हट्नुहुन्छ।’ राजनीतिबाट कहिले बाहिरिने भन्ने पत्रकारहरूले सोधेको प्रश्नमा दाहालले राजनितिज्ञहरूले राजनीतिबाट बाहिरिने भन्ने नै नहुने बताए।

दाहालले भने, ‘सच्चा राजनीतिज्ञहरू बाँचुञ्जेल त राजनीति गर्छन् नै; मरेपछि पनि राजनीति गरिरहन्छन् भन्ने छ क्या फिलोसोपी र त्यसैले राजनीतिबाट बाहिरिने भन्ने कुरै हुँदैन।’ दाहालले संवैधानिक आयोगका पदाधिकारीहरू सबै एकैपटक गरौं भनेर आफूले प्रस्ताव राखेको दाहालले बताए। उनले सम्भवतः छिटै सबै रिक्त पदहरूमा पदाधिकारी नियुक्ति हुने धारणा राखे।

Related posts