ललितपुरको कुपण्डोलमा सडक भासियो

सडक मुनिबाट मेलम्चीको पानीको पाइप फुटेर सडक भासिएको हुनसक्ने अनुमान गरिएको छ। सडकमा बगेको पानीले यातायातसमेत प्रभावित भएको छ। कुपण्डोल क्षेत्रमा ठूलो जाम भएको छ। सवारी व्यवस्थापनका लागि नेपाल प्रहरी र महानगर प्रहरीको टोली घटनास्थलमा खटाइएको छ।  

पानीको बहावका कारण केही सवारी लड्न पुगेका थिए। अहिले बगिरहेको पानी भने रोकिएको छ। वर्षायाममा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सडक भासिने गरेको छ।

Related posts