बाली भित्र्याउन समयमा बादरले सखाप

बाजुरा, भदौ ३०। मकै बाली भित्र्याउन समयमा बादरले सखाप पार्दा किसान चिन्तित भएका छन। खेतबारीमा लगाएका मकै बाली घरमा भित्र्याउन समयमा बादरले खाएर सखाप गरेका छन। पछिल्लो समयमा अरु अन्नबाली भन्दा मकै खेतीपाती गर्न किसान आकर्षक बढ्दै गइरहेको छ। जतिसुकै मकै खेतीमा उत्पादन राम्रो हुँदै गयो उत्तिकै जंगली जनावर बादर, स्याल र चराचुरुङ्गी आफ्नो आहार बनाउदै गर्दा अहिले बोटमा रहेका मकै खाएर सखाप पारेका छन। उत्पादन क्षेत्रमा बढ्दो अवस्था रहेकोे छ। जसले गर्दा कृषक जति पाउने आशामा छन। त्यति मकै बाली पाउने आशा कम रहेका छन।गाउँमा जुनसुकै बाली लगाएपनी जंगली जनावरको आहार बनाउदै आएको छन। पाखो जमिन भएको कारणले धान, गहुँ, मकै, कोदो, जौ, सिमी र चिनु लगायत अन्नबाली गाउँ धार छेउमा लगाएको बाली बादर खाने गरेको छ। गोडमेल गरेर भित्र्याउन सिजनमा बालीमा बादर खाने गरेको हिमाली गाउँपालिका वडा नम्बर ६ विर्ख भण्डारीले बताए।

खेतबारीमा रहेका मकै बाली पाकेर घरमा ल्याउने समयमै जंगली जनावरको आहार बनेको छ। जतिसुकै बादर धपाउने कोसिस गरेपनि धपाउन सकिने अवस्था छैन। जति बाली लगायो उति अन्नबाली नोक्सानी गर्ने गरेको छ। अधिकास किसानी कृषि गरेर जीविकोपार्जन गर्ने गरेको हुन्छ। उत्पादन गरेको बालीको भरमा घरपरिवार धान्ने गरेको छ। कहिले बाली कोराले खाने कहिले चराचुरुङ्गी कहिलेकाही जंगली जनावर स्याल, बादरले खाने गर्दा अधिसा किसान चिन्ताजनक परेका छन। उत्पादन जतिसुकै वृद्धि अवस्था भएपनि आधा बाली खेतबारीमा सखाप भएर हराउने गर्दो छ। जसले गर्दा मकै बाली कमै भित्र्याउन अवस्थामा रहेकोे हिमाली गाउँपालिका वडा नम्बर ६ चीन बहादुर रावलले बताएका छन।

Related posts