पर्सामा ४० किलो गाँजासहित दुई जना पक्राउ

पर्सा । ४० किलो गाँजासहित पर्साबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

गए राति करिब १ बजे पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ मकवानी चौरीबाट ४० किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ओमप्रसाद खनालले बताए ।

प्रहरीले मकवानपुर राक्सीराङ गाउँपालिकाका ४० वर्षीय वीरबहादुर प्रजा र २० वर्षीय सोमलाल प्रजालाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको टोलीले उनीहरू दुबै जना शंकास्पद रूपमा हिँडिरहेका पाएका थिए। शंका लागेर उनीहरूमाथि जाँच गर्दा गाँजा फेला परेको हो।

उनीहरूले तीन वटा बोरा राखेर बोकिरहेको अवस्थामा ४० किलो गाँजा प्रहरीले फेला पारेको थियो। प्रहरीले लागुऔषध सम्बन्धी कसुरमा उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Related posts