परवानीपुर गाउँपालिकामा मेयर र प्रमुख प्रशासकीय अधिकृतको ‘प्रगाढ सम्बन्ध’: जनतामाझ गम्भीर प्रश्न उठ्दै

परवानीपुर, पर्सा – पर्साको परवानीपुर गाउँपालिकामा मेयर राम क्षत्री प्रसाद कुर्मी र प्रमुख प्रशासकीय अधिकृत मुन्ना प्रसाद रौनियारको सम्बन्धले स्थानीय राजनीति तातिएको छ। दुबैबीचको असाधारण “प्रेमपूर्ण” सम्बन्धलाई लिएर गाउँपालिकाका जनताले शंका गर्न थालेका छन्, जसले विभिन्न योजनाहरुको कार्यान्वयनमा प्रत्यक्ष प्रभाव परेको आरोप पनि लागेको छ।

जनताको भनाइमा, मेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको यो सम्बन्ध कुनै साधारण सहकार्य मात्र नभएर, गाउँपालिकाका प्रमुख योजनाहरुमा अनियमितता र असमान भागबण्डाको संकेत हुन सक्छ। प्रमुख प्रशासकीय अधिकृत मुन्ना रौनियारको अन्यत्र सरुवा भएपछि मेयर कुर्मीले तीव्र असन्तुष्टि व्यक्त गरेका थिए र तत्कालै उनलाई पुनः गाउँपालिकामा फिर्ता गराइएको थियो। यस कदमले स्थानीयबासीलाई आश्चर्यमा पारेको छ, र जनताले यसलाई ‘काले काले मिलेर खाउ भाले’ भन्ने कथनसँग तुलना गर्न थालेका छन्।

गाउँपालिकाका योजनाहरुमा समान साझेदारी गर्दै आएको यो जोडीको सम्बन्धले जनतालाई शंका पैदा गरिरहेको छ कि, उनीहरुको नेतृत्व गाउँपालिकाको हितमा छ कि छैन। कतिपयले यो सम्बन्धलाई गाउँपालिकामा भइरहेको भ्रष्टाचारको संकेतको रूपमा हेरेका छन्। “दुबै बीचको यस किसिमको आत्मीय सम्बन्धले गाउँपालिकाको प्रगति भन्दा पनि व्यक्तिगत फाइदामा ध्यान केन्द्रित गरेको देखिन्छ,” एक स्थानीय नागरिकले भने।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रजस्ता निकायहरुले गाउँपालिकाका गतिविधिहरूमा निगरानी राख्नुपर्ने जनताको माग बढ्दै गएको छ। यदि मेयर र प्रमुख प्रशासकीय अधिकृतको बीचमा गैरजिम्मेवार हर्कत भएको पुष्टि भएमा, यसले गाउँपालिकाको समग्र प्रशासनिक स्थायित्वमा गम्भीर असर पर्ने सम्भावना रहेको छ।

समाजका जिम्मेवार पदाधिकारीहरुबाट यस्तो व्यवहार देखिनु गम्भीर चिन्ताको विषय बनेको छ। यो प्रकरणले परवानीपुरको स्थानीय राजनीतिमा ठूलो तरंग ल्याएको छ र जनप्रतिनिधिहरूले जनताको विश्वास कसरी जित्ने भन्ने गम्भीर प्रश्न उठेको छ।

Related posts