धनुषाको हिरासत फोडेर फरार ९ थुनुवामध्ये ७ पक्राउ

फरार भएकाहरूको खोजी गर्दै जाँदा सत्यम झालाई प्रहरीले जनकचोकबाट तत्कालै पक्राउ गरेको थियो भने नाबालक सुमित मेस्तरलाई पनि जनकपुरमै फेला पारी पक्राउ गरेको थियो। अन्य चार जनालाई धनुषाको विदेह नगरपालिका–७ स्थित लखौरी भन्ने स्थानको धानखेतबाट पक्राउ गरिएको धनुषा प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवालले जानकारी दिए।

पक्राउ पर्नेमा लागू औषध मुद्दाका अभियुक्त २४ वर्षीय रोशन कुमार मण्डल, ३३ वर्षीय अभास्कर कुमार यादव, र अभद्र व्यवहार मुद्दाका २२ वर्षीय विक्की कार्की रहेका छन्। दुई जना थुनुवा अझै फरार छन्। उनीहरूको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।

Related posts