कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले राष्ट्रिय गानबाट सेवाको शुभारम्भ गर्ने परिपाटी बनाएको छ । कार्यालय शुभारम्भ हुने बिहान १० बजे सामूहिक राष्ट्रिय गान गाए पछि कार्यालयको सेवा शुभारम्भ गर्ने गरी आईतावार देखि त्यसको सुरुवात गरिएको हो । यस्तो सुरुवात गर्ने शिवराज नगरपालिकाका जिल्ला कै १० पालिका मध्ये पहिलो हो ।
कर्मचारीहरूलाई पोसाक,परिचय पत्र सहित कार्यालय परिसमा उभाएर राष्ट्रिय गान गाउने कार्य सुरुवात गरिएको हो । कर्मचारीलाई मर्यादित अनुशासित र समयको पालना गराउन यो कार्यले मद्दत मिल्ने मेयर अजय थापाले बताए । यो कार्यले कर्मचारीहरूमा राष्ट्रियता जाग्नुका साथै समय मै कार्यालयमा उपस्थित हुन प्रेरणा मिल्ने उनले बताए ।
यसले कर्मचारीमा सामूहिकता महसुस हुने र सेवालाई प्रभावकारी बनाउन प्रेरणा मिल्ने बताए । ‘ यो कार्यले कर्मचारीहरूमा मनोबल बढछ, यसले राम्रो प्रतिफल पनि दिन्छ ’ मेयर थापाले भने ।
नवलपुर टुडे
Related posts

अलैँची निर्यातबाट राजस्व ६४ प्रतिशतले बढ्यो
२०८३ साउन १६ | मध्यान्ह ०६:०४ बजे
पत्रकार क्षमता अभिवृद्धि सम्बन्धी तालिम सञ्चालन
२०८२ असार ११ | मध्यान्ह ०९:०३ बजे
कपिलवस्तुको बिजयनगरमा पोखरीमा डुबेर बालकको मृत्यु
२०८० भदौ ३१ | मध्यान्ह ०३:०५ बजे


