मेडिकल व्यवसायी प्रसाईँविरुद्ध साइबर अपराधका २ वटा मुद्दा दायर

काठमाडौं,असोज १४ ।​ मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

प्रहरीको साइबर ब्यूरोको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार मुद्दा दायर गरेको हो ।प्रसाईंवरिुद्ध साइबरसम्बन्धी दुई वटा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले लोकान्तरलाई बताए ।

प्रसाईंलाई प्रहरीले असोज ६ गते भक्तपुरस्थति घरबाट पक्राउ गरेको थियो । प्रसाईंसँगै अदालतले पक्राउ अनुमति दिइएका जीवन पाण्डे र प्रकाशचन्द्र दाहाल फरार छन् । युट्युब च्यानल देश दुनियाँ खबरमा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एक जना महिलाको चरित्रहत्या गरेको आरोप छ ।

अर्का एक जना पुरुषले पनि प्रसाईंविरुद्ध जाहेरी दिएका थिए ।

Related posts