काठमाडौ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षको स्थायी समिति बैठकमा दिल्लीमा उपचाररत वरिष्ठ नेता झलनाथ खनाल पनि सहभागी भएका छन्।
काठमाडौंको बुद्धनगर स्थित एक वैंकेटमा जारी बैठकमा नेता खनाल दिल्लीबाट भिडियो कलमार्फत जोडिएको नेताहरुले बताएका छन् । खनालबाहेकका अन्य नेताहरु भने भौतिक रुपमै बैठकमा सहभागी छन् ।
अध्यक्ष केपी ओलीले बुधबार जेठ २ को पार्टी संरचनामा फर्काउने गरी एमाले बैठक शुक्रबारलाई बोलाए पनि माधव पक्षले ओलीले पुनः जालझेल गरेको दावी गर्दै शुक्रबारको बैठकमा जाने या नजाने भन्ने निर्णय गर्न बैठक बोलाएको हो । यद्यपी नेताहरुले उक्त बैठकमा सहभागी नहुने बताइसकेका छन् ।





