घटस्थापनादेखि पूर्णिमासम्म रात्रिकालीन उडान

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई चापलाई ध्यानमा राखेर असोज १७ गतेदेखि ३० गतेसम्म रात्रिकालिन उडान हुने विमानस्थलहरुमा राति १२ बजेसम्म उडान हुने जानकारी दिएको छ ।

प्राधिकरणले भनेको छ, ‘देशभर सिर्जित बढ्दो हवाई चापलाई सम्वोधन गर्न असोज, १७–३० (घटस्थापनादेखि पूर्णिमा) सम्म त्रि.अ.वि., गौतमबुद्ध, पोखरा लगायत रात्रीकालीन उडान हुने सम्पूर्ण विमानस्थलहरु विहान ४ः३० बजेदेखि राति १२ः०० बजेसम्म नै (आवश्यकता अनुसार थप हुने) सञ्चालनमा आउने व्यवस्था मिलाइएको छ ।’

Related posts