बुबाआमा गुमाएका बालबालिकालाई “निको युगान्तकारी आर्थिक सहकारी क्रान्ति मंच” को सहयोग

दोलखा । बुबाआमा गुमाएर अभिभावक बिहिन भएका बेसाहरा चार जना बालबालीकालाई देश बिदेशबाट सहयोग आउन थालेको छ ।

दोलखा जिल्ला कालिञ्चोक- १ हाल भिनपा- ६ चरिकोटका गणेश थामीले गरिबीका कारण आत्मा हत्या गरे, पछि उनको बिरामी श्रीमती अमृती थामीको पनि भदौं १७ गते गरिबिकै कारणले उपचार खर्च नभएको कारणले मृत्यु भएपछी दुधेबालक सहित चार जना अबिभाबक बिहिन भएको थियो ।
photo6242279780263242278
सानैमा बुबाआमा गुमाएका चार जना बालबालिका अबिभाबक बिहिन भैइ बिचल्लीमा परेकाले दोलखा जिल्लामा स्थापना भएको “निको युगान्तकारी आर्थिक सहकारी क्रान्ति मंच”को पदाधिकारी सन्तोष ठान्टी मंगोल र सगुन हार्बा थम्बुको विशेष पहलमा आर्थिक सहयोग अभियान संचालन गरिएको थियो ।

बुबाआमा गुमाएका टुहुरा सुस्मिता थामी, सुजता थामी, सुनिता थामी र वीरबहादुर थामीको लागिनबिहान बेलुकी चुलो बाल्न र नाबालबालिकाहरुको शिक्षा, स्वास्थ्य र संरक्षणको लागि देश बिदेशमा रहनुभएका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले नेपाली अक्षेरुपी ७५०००/- पिडित बालबालिकाको लागि आर्थिक सहयोग संकलन गरि हस्तान्तरण गरेको हो ।

Related posts