अध्यक्ष मल्लद्वारा पालिका वासीलाई दशैको शुभकामना

धनगढी, असोज २२। हिमाली गाउँपालिकाका सम्पूर्ण पालिका वासीहरुलाई विजय दशमी तथा शुभदिपाली छठ पर्वको गाउँपालिका अध्यक्ष मल्लले हार्दिक शुभकामना दिएका छन। आउदै गरेको विजय दशमी तथा छठ पर्व नेपालीहरुको दशै हिन्दू धर्मावलम्बीहरूको प्रमुख चाड पर्व देवी दुर्गाको पूजा र आराधनासँग सम्बन्धित रहेकोे छ।, जसमा अच्छुत र असुर शक्तिहरू बीचको संघर्षलाई सम्झन्छ। दशैंको दौरान, परिवारका सदस्यहरू एकत्रित भएर टीका र जमरा लगाउने परम्परा हुन्छ। जसले आपसी प्रेम र स्नेहलाई प्रगाढ बनाउँछ। यो चाड शुभकामना, खुसी र समृद्धिको प्रतीक मानिन्छ।

यही विजय दशमी तथा शुभदिपाली छठ पर्वको अवसरमा, स्वदेश विदेशमा रहनु भएका सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनीहरु हिमाली गाउँपालिकाका सम्पूर्ण पालिका वासीलाई हार्दिक शुभकामना अध्यक्ष मल्लले दिएका छन। पालिका वासीको जीवनमा सधैं खुशी, स्वास्थ्य र समृद्धिको वर्षा होस्। दशैंको पर्व रमाइलो र उत्साहका साथ मनाउन नवदुर्गा माताले गाउँपालिका वासी सबैको रक्षा गरून् भनेका छन।

Related posts