पोखरामा राँगाले हानेर एक शिक्षककाे मृत्यु

पोखरा । राँगाको आक्रमणमा परेर पोखरामा एक जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका–३३ का ३७ वर्षिय धनञ्जय आचार्यको राँगाको आक्रमणबाट मृत्यु भएको हो। 

उनी सुरौदीमा रहेको माइला दाजुको भैंसी फार्ममा पाले दिन गएका थिए। पोखरा–३३ मा रहेको जनचेतना माविका स्थायी शिक्षक उनी बिहान पोखराकै सिर्जना बोर्डिङ स्कुलमा पढाउँथे।

स्कुल बिदामा दाजुलाई पाले दिन गएका उनलाई राँगाले आक्रमण गर्दा मृत्यु भएको हो।

Related posts