बिनोद मण्डल
सिरहा । सिराहा जिल्लाको दक्षिणी भेग अर्थात् सदरमुकाम एरियामा धनुषा जिल्लाको सीमालाई जोड्ने गरी हुलाकी राजमार्गमा बनाइएको पक्की पुल अविरल वर्षाका कारण पाया भासिएपछि उटघाटन तयारीमा रहेको उक्त पुल यतिबेला चर्चाको विषय बनेको छ ।

पुल भासिएपछि उक्त पुलमा कमिसनको खेल भएको सहजै अनुमान लगाउन सकिन्छ । ठेकेदार, ईस्टीमेट बनाउने इन्जिनियर, निर्माणको क्रममा लागेका सबैमाथि कारवाहीको माग राख्दै सिराहा जिल्लाको सदरमुकाम सिरहामा आज युवाहरु द्वारा बिरोध गरिएको छ ।






