साफ वुमन्स च्याम्पियनसिप: भारतलाई टाइब्रेकरमा ४-२ ले हराउँदै नेपाल फाइनल

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको यो तनावपूर्ण खेलको निर्धारित समय र अतिरिक्त समयसम्म दुवै टोलीले एक-एक गोल गरेपछि नतिजा पेनाल्टीमा गएको थियो।

पेनाल्टी सुटआउटमा नेपाली गोलकिपर अञ्जना राना मगरले उत्कृष्ट प्रदर्शन गर्दै भारतका दुई खेलाडीका प्रहारलाई रोक्दै नेपाललाई फाइनलको टिकट दिलाइन्। यससँगै नेपालले अब बंगलादेशविरुद्ध उपाधिका लागि खेल्नेछ।

Related posts