आमा पहिलो कार्यक्रमलाई प्रभावकारी बनाउन समूह बिच भलाकुसारी

बाजुरा, कार्तिक १४। आमा पहिलो कार्यक्रम अन्तरगत स्वामिकार्तिक खापरगाउँपालिकाका प्रभावकारी बनाउन आमा समूहहरू संग विभिन्न विषयमा छलफल तथा भलाकुसारी गरिएको छ। वडा नम्बर ४ सुईजिउला, छापु, भौने, फैता गाँउ र वडा नम्बर ५ अन्तर्गत मिगु गाउँका २ वटा आमा समूह जेराँ गाउँका ५ वटा आमा समूहहरू संग बिभिन्न विषयमा छलफल तथा भलाकुसारी गरिएको स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले बताएका छन्।

मिगु देखि फयालगाँउ सम्म प्रत्येक घर नछुट्ने गरि ११९ आमासमुहरुमा २४०० आमाहरू आबद्ध भएका छन । प्रत्येक आमाहरूको निःशूल्क बैक खाता खोली जनही ४१२४ रूपैयाँ जम्मा गरिएको पनि अध्यक्ष रोकायाले बताएका छन् । आमाको खातामा आफुले आम्दानी गरेको केही अंश बचत गर्नुपर्ने, प्रत्येक आमाले ५ किलो दाल समूह मार्फत जम्मा गर्ने र जुन दाल विधालयको दिवा खाजाका लागि बिक्रि गरीने। दाल बेचेर आएको पैसा आमाकै खातामा जम्मा गरिने लगायतका बिषयमा छलफल गरिएको हो । साथै प्रत्येक आमा समुहलाई प्रत्येक बर्ष एक आयमूलक योजना छनौट गरि लागू गरिने, आफ्नो सम्पूर्ण उत्पादन समुह मार्फत बिक्रि गर्नु पर्ने, गाँउमा मदिरा तथा जुवा जन्य जसले समाजको शान्ति खलल गर्ने खालका कार्यलाई बन्द गर्न आमा समूह लागी पर्ने कुरामा पनि छलफल गरिएको छ।

आफ्नो घर आँगन सफा राख्ने ट्वाईलेट नभएका सदस्यको घरमा अनिवार्य रूपमा ट्याईलेट बनाउने यदि बनाउन अटेर गरेमा समुहबाट बाहिर गरिने छाउपडी, बाल बिवाह, छुवाछुत जस्ता कुरीती प्रथालाई समाजबाट हटाउन आमा समुह लागी पर्नु पर्ने लगायतका बिभिन्न बिषयमा छलफल गरिएको गाउँपालिकाले जनाएको छ।

Related posts