कृष्णनगर । कपिलवस्तु जिल्लाका कृष्णनगरबाट लागूओैषधसहित एक जना पक्राउ परेका छन । बुधबार कृष्णनगरकाे प्रहरी चेकपोस्टमा शंकास्पद देखिएपछि चेकजाँच गर्दा एक जना पैदल यात्रा गरिरहेको बेला पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा दाङ जिल्ला राप्ती गाउँपालिका बस्ने बर्ष २४ का राजु बिक (अर्जुन) नामका व्यक्तिलाई शंकाका आधारमा खानतलासी गर्दा विभिन्न थरिका लागूओैषधका ट्याबलेट धेरै मात्रामा समातिएकाे प्रहरी निरिक्षक सुरज खत्रीले बताउनुभएको छ ।
चेकजाँचका क्रममा नेट्राजेपेन ४५ ट्याबलेट, निट्रभेट ६ सय ट्याबलेट लगायत ट्रमाडाल हाइड्राेक्लाेरिक क्याप्सुल र एक थान माेबाइलसमेत बरामद गरिएकाे प्रहरी स्राेतले जनाएकाे छ ।
कृष्णनगर नाकालाई प्रमुख ट्रान्जिट प्वाइन्ट बनाएका लागूओैषध कराेबारीहरु धमाधम समातिन थालेपछि अहिले लागूओैषध विरुद्ध अभियानमा प्रहरीले झन सक्रियता बढाएकाे छ।






