डोटीको देउली-रिसेडी सडक खण्डमा काम गरिरहेको डोजरमा अज्ञात व्यक्तिद्वारा आगजनी

डोटी । डोटीको बडीकेदार गाउँपालिकाको देउली-रिसेडी सडक खण्डमा काम गरिरहेको डोजरमा अज्ञात व्यक्तिद्वारा आगजनी भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मिलन कन्ट्रक्सनको बा २ क ८५२१ नम्बरको डोजर सोमबार राती करीव १२ बजेतिर आगजनी भएको हो। डोजर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

डोजर चालक भरत बहादुर बमले डोजर आगजनी भएको खबर गरेपछि इलाका प्रहरी कार्यालय बिपि नगरका प्रहरी निरीक्षक मोहन साउँद नेतृत्वको प्रहरी टोली घटना स्थलमा पुगेको भनी जिल्ला प्रहरी कार्यालय डोटीका सहायक सूचना अधिकारी रविन्द्र चन्दले बताए ।

डोजर कसले र किन जलाएको हो केही पत्ता नलागेको र अनुसन्धान जारी राखिएको प्रहरीले जानकारी दिएको छ ।

Related posts