युवक बेपत्ता घटनामा एकजना पक्राउ

भुजेल शुक्रबार रातिदेखि बेपत्ता छन्। प्रहरीले तामाकोशी नदीमा उनको खोजतालास गरिरहेको छ। भुजेललाई बेपत्ता पारेको अभियोगमा मन्थली–१ का २७ वर्षीय मीनबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ।

भुजेल बेपत्ता भएको साँझ विक उनको साथमा रहेका कारण घटनाको अनुसन्धान गर्न विकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले बताए। शुक्रबार भुजेल र विकबीच झगडा भएको स्थानीयले बताएका छन्। विकसँग बयान लिने काम भइरहेको प्रहरीले जनाएको छ।  

Related posts