ट्रम्पलाई राष्ट्रपति बाइडेनले दिए बधाई

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् ।

बुधबार टेलिफोनमा ट्रम्पलाई बधाई दिएका राष्ट्रपति बाइडेनले ट्रम्पलाई वाइट हाउसमा निमन्त्रणा दिएका छन् ।

‘निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । अब म सहजरुपमा जिम्मेवारी हस्तान्तरण गर्न चाहान्छु,’ फोनमा बाइडेनले ट्रम्पलाई भनेको उद्धृत गर्दै वाइट हाउसले भनेको छ, ‘बाइडेनले ट्रम्पलाई वाइट हाउसमा आएर भेट गर्न निम्तो दिएका छन् ।’

वाइट हाउसका अनुसार राष्ट्रपति बाइडेनले बिहीबार चुनावी परिणामलाई लिएर देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम छ । 

 

Related posts