पहिलो पटक फ्लाई दुबईको जहाज भैरहवामा उडान

बुटवल । फ्लाई दुबईको जहाज शनिबार पहिलो पटक भैरहवामा उडान गरेको छ । आज दिउँसो दुबईबाट आएको जहाज गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

जहाजमा १५९ यात्रु आएका थिए। जसमा १० जना भैरहवामा ओरालेकोको विमानस्थलका सूचना अधिकारी विनाेदसिंह रावतले जानकारी दिए।

बाँकी यात्रु काठमाडौँ गएका छन्। अब विमानले दैनिक दुबई-भैरहवा-काठमाडौँ उडान गर्नेछ। यसअघि बिहान जजिराले भैरहवाबाट उडान गरेको थियो । बिहान जजिरा एयरवेजले १७१ जना ल्याएको र जाँदा  १६८ जना लगेको थियो ।

यस्तै नेपाल एयरलाइन्स पनि भैरहवा आउने छ ।आज राति १० बजेर २० मिनेटमा काठमाडौँबाट भैरहवा आएर ११ बजेर २५ मिनेटमा जाने  जनाएको  छ। 

 

Related posts