कपिलवस्तुमा ४ लाख १० हजार रुपैयाँ बराबरको पटाका बरामद गरी नष्ट

साना र ठुला गरी विभिन्न किसिमका पटाकाहरु बरामद गरिएको प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए। दशैअघि देखि नै निगरानी बढाइए पछि सो पटाका बरामद भएको उनले बताए।

पटाकामा सरकारले प्रतिबन्ध लगाएको छ। बरामद गरिएका पटाका आइतबार आफ्नै कार्यालय परिसरमा नष्ट समेत गरेको छ।

Related posts