कपिलवस्तु जिल्ला अदालतबाट घुससहित २ जना कर्मचारी अख्तियारको नियन्त्रणमा

अदालतका तहसिलदार सन्तोष कुमार मिश्रा र कम्प्युटर अप्रेटर विकास पाण्डेयलाई अख्तियारले नियन्त्रणमा लिएको जनाएको छ। पाण्डेयको पाइन्टको पछिल्लो दाहिने पट्टीको खल्तीबाट हजार हजारका २० वटा नोट फेला परेको थियो।

सेवाग्राहीसँग अंश बन्डाको जग्गाको बिषयमा सो रकम बुझेका थिए। दुबै जनाको खल्तीमा व्यक्तिगत रकम समेत भेटिएको थियो। बरामद २० हजारको नोट मिश्राले बुझेर पाण्डेयलाई राख्न दिएका थिए। 

अदालतका ४ कर्मचारीहरू चिया पिउन भन्दै गौढी आएका थिए। सुरुमा ४ जनालाई अख्तियारले नियन्त्रणमा लिए पनि २ जना नासु स्तरका कर्मचारीलाई भने छाडेको थियो। 

Related posts