द ह्युमन लव च्यारिटी/फण्डद्वारा कपडा सहयोग

दिपेन्द्र सहनी

पर्सा, मंसिर ०३ । पर्सा जिल्लाको धोबिनी गाउँपालिका वडा नं.-५ मा रहेको ‘द ह्युमन लव च्यारिटी/फण्ड’ नामक संस्थाले विभिन्न विपन्नवर्गलाई जाडोको कपडा सहयोग गरेकोछ।

यस संस्थाका अध्यक्ष तथा संस्थापक एजाज अंसारीका अनुसार धोबिनी गाउँपालिकाको वडा नं.५ मा रहेको ‘इस्लामिया दारुल कुरान’ मदर्सामा पढ्ने अति विपन्न विद्यार्थीहरुलाई जाडोको कपडा वितरण गरि सहयोग गरेको छ। यसै गरी धोबिनी गाउँपालिकाको वडा नं.४ मा बस्ने एक जना अति नै विपन्नलाई पनि कपडा सहयोग गरेको छ।

सहयोगी भावनाले स्थापित यस संस्थाले यो भन्दा पहिला पनि धेरै जनालाई सहयोग गरेको छ भने आगामी दिनमा पनि सहयोग गर्नेछ भनेर यस संस्थाका सम्पूर्ण टिमले बताएका छन।

Related posts