आफ्नै निवासबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई आजै अदालत उपस्थित गराइँदै

काठमाडौँ । सामाजिक सञ्जालबाट अफवाह फैलाएको अभियोगमा पक्राउ परेका मेडिकल व्यावसायी दुर्गा प्रसाईलाई आजै अदालत उपस्थित गराइँदै छ।

साइबर अपराधसम्बन्धी कसुर गरेको अभियोगमा पक्राउ परेका उनलाई हिरासतमा लिएर अनुसन्धान गर्न आजै अदालतसमक्ष उपस्थित गराइने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले जनाएको छ।

सिआइबीका अनुसार प्रसाईंलाई आज भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको हो।

Related posts