बाजुरा, मंसिर ११। हिमाली गाउँपालिका वडा नम्बर ७ को बाँधु, बगर देखि अथग्याचौर सम्म मधिरा तथा नसाजन्य पदार्थ उत्पादन ओसार पसार बेचबिखन तथा सेवन पुर्ण रुपमा निषेध गरिएको छ। मंसिर १६ गते हुने स्वामिकार्तिक गाँउपालिकामा उपाध्यक्ष पदको उपनिर्वाचनलाई स्वच्छ निपक्ष एवम मर्यादा वातावरणमा सम्पन्न गर्ने निर्वाचनको अन्तिम मतपरिमाण घोषणा नहुनजेल सम्मका लागी यस हिमाली गाँउपालीका वडा नम्बर ७ अन्तर्गत बाँधु, बगर देखि अथग्याचौर सम्म मधिरा तथा नसाजन्य पदार्थ उत्पादन ओसार पसार बेचबिखन तथा सेवन पुर्ण रुपमा निषेध गरिएको वडा अध्यक्ष तपेन्द्र कुमार शाहीले बताए। वडा कार्यालय सुचना निकालेको दिनबाट कोही कसैले मधिरा तथा नसाजन्य पदार्थ उत्पादन ओसार पसार बेचबिखन पाइएमा कडा भन्दा कडा कानुनी कार्वाही गरीने वडा अध्यक्ष शाहीले बताए।
उमेश रोकाया
Related posts

मेयर भए महल बनाउने नक्सा पास रोक्थें: उपसभामुख इन्दिरा राना
२०८० मंसिर १ | मध्यान्ह १२:०८ बजे
विजयादशमीले प्रगति र समृद्धि ल्याओस्: पूर्वअध्यक्ष रेग्मी
२०८२ अशोज १५ | बिहान ०६:०६ बजे
भेनेजुएलामा आक्रमण गर्न ट्रम्पले प्रयोग गरेको ‘मुनरो डक्ट्रिन’ के हो ?
२०८२ पुस २१ | मध्यान्ह ०५:०९ बजे


