मृतकका परिवारलाई किरिया खर्च वडा अध्यक्ष बुढा द्वारा हस्तान्तरण

बाजुरा, मंसिर १३ । हिमाली गाउँपालिका वडा नम्बर ३ युनामा विद्युतको लाइन तान्नका लागि रुख काट्ने क्रममा रुखले च्यापिएर मृतकका घरपरिवार लाई खाद्यान्न तथा किरिया खर्च वडा अध्यक्ष मंगल बुढा द्वारा हस्तान्तरण गरेका छन। मंसिर ९ गते कादुरी संस्था मार्फत निर्माणधिन नातिखाेला लघु जलबिधुतकाे आयोजनाको लाइन तान्नका लागि रूख काटने क्रममा खखडा भन्ने ठाउँमा ३५ वर्षका सुपधन बढाकाे मृत्यु भएको हो।

सोही मृत्युक परिवारलाई वडा कार्यालयबाट किरिया खर्चका लागि ५ हजार नगद सहित एक कट्टा चामल घरमा पुगेर सहयोग गरिएको वडा अध्यक्ष मंगल बुढाले बताए। दुई जना गम्भीर घाइते सिधपुरी राेकाया र कर्मलाल सुनार घाइतेहरूकाे हेलिकप्टरबाट उद्धार गरेर सुर्खेतमा उपचार भैरहेको छ।

Related posts