यात्रुसंग बढी भाडा लिने बसलाई ट्राफिक प्रहरीद्वारा कार्बाही

काठमाडौ । यात्रुहरु संग बढी भाडा लिने अरनिका बसलाई प्रहरीद्वारा कारवाही भएको छ । शनिबार काठमाण्डौबाट मन्थली रामेछाप तर्फ आउदै गरेको बा.५ ख २९५ नं.को अरनिको बसलाई जिल्ला प्रहरी कार्यालय रामेछाप र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले बढी भाडा लिएको आधारमा कारवाही गरेको हो ।

रामेछापबाट खटिएको संयुक्त नेपाल प्रहरी र ट्राफिक प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा यात्रुहरुबाट बडी भाडा लिएको पाईएको हुदाँ यात्रुहरुको बडी भाडा फिर्ता गरी उक्त सवारी साधनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले अधिकतम कार्बाही गरीएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले जनाएको छ |

Related posts