श्री हनुमानि देबि नथमल बैध सेवा समिति बिरगंजद्वारा नारायणी अस्पताललाई स्वास्थ्य उपचार सामाग्री सहयोग

बिरगंज । श्री हनुमानी देबि नथमल बैध सेवा समिति बिरगंजद्वारा नारायणी अस्पताल बिरगंजलाई स्वास्थ्य उपचार सामाग्री सहयोग गरेको छ ।

वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष श्री सुवोध कुमार गुप्ताको प्रमुख आतिथ्यता श्री हनुमानी देवी नथमल बैध सेवा समिति, वीरगंज, पर्साले नारायणी अस्पताल, वीरगंजलाई कोभिड–१९ बाट संक्रमित बिरामीको उपचारको लागि (Continuous Positive Airways, Mask ,–C–PAP machine)सहयोग स्वरुप उपलब्ध गराएको छ ।

सेवा समितिका सदस्यहरु श्री अशोक बैध, श्री हेमन्त बैध तथा श्री दिपक बैध समेतले नारायणी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरीटेन्डेन्ट श्री विरेन्द्र बहादुर प्रधानलाई उक्त उपचार सामग्री हस्तान्तरण गर्नु भयो ।

Related posts