रवि लामिछानेसँग आज पनि कास्की अदालतमा बयान लिइने

कास्की, पुस १२ । सूर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपी पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामीछानेको बयान आज पनि जारी रहने भएको छ।

कास्की जिल्ला अदालतमा हिजोदेखि बयान लिन सुरु गरिएका लामिछानेको हिजो आधा मात्रै सकिएकाले आज पनि जारी रहने अदालतका सुचना अधिकारी सुरज अधिकारीले जानकारी दिए। न्यायाधीश नीतिज राईको इजलासमा भइरहेको बयानमा हिजो लामिछानेले सोधिएका सबै प्रश्नमा इन्कारी बयान दिएका थिए।

आज रविको मात्रै बयान हुने र बाँकीको बयान आइतबारबाट मात्र सुरु हुने देखिएको छ।

 

Related posts