काठमाडौँ, पुस १४ । दक्षिण कोरियामा विमान दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ । एक सय ७५ जना यात्री र चालक दलका ६ जना सदस्य रहेको जेजु एयरको बोइङ–७३७ विमान आज बिहान अवतरणका क्रममा दुर्घटना भएको हो । योनहाप समाचार समितिका अनुसार थाइल्याण्डको राजधानी बैङ्ककबाट कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर पर्खालमा ठोक्किएको थियो । दुर्घटनाको अनुसन्धान थालिएको यातायात मन्त्रालयले जनाएको छ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

एसईईको नतिजा सार्वजनिक
२०७९ साउन ११ | मध्यान्ह ०४:०४ बजे
भरतपुरको मतगणनास्थलमा आठवटा सिसि क्यामरा र फलामको बार
२०७९ बैशाख २९ | मध्यान्ह ०२:०१ बजे
राष्ट्रपतिले बजेट प्रमाणीकरण गरेसँगै सरकारलाई संघीय सञ्चित कोषबाट खर्च गर्न पाउने बाटो खुल्यो
२०७८ अशोज ७ | मध्यान्ह ०६:०६ बजे


