कार दुर्घटना न्यायाधीशसहित दुई घाइते

दुर्घटनामा ५४ वर्षीय न्यायाधीश रेग्मी र मोरङ विराटनगर उपमहानगरपालिका-४ बस्ने ६५ वर्षीय कृष्ण खनाल घाइते भएको प्रहरीले जनाएको छ। दुवै जनाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। सुनसरी प्रहरीका अनुसार न्यायाधीश रेग्मीको कान, खुट्टा र हातमा चोट लागेको छ। भने कृष्णको मुख र हातमा चोट लागेको छ।

प्रहरीले तीव्र गतिका कारण कारको ब्रेक फेल हुँदा दुर्घटना भएको हुन सक्ने आशंका गरेको छ। कार चालक ५४ वर्षिय कृष्णमान खोटेजालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Related posts