नेपाल मुश्लिम संघले गृहमन्त्री खाँणलाई भेटेर दुल अजहा (बकर इद) मा सार्वजनिक बिदा दिन माग

काठमाडौ । नेपाल मुश्लिम संघले इदुल अजहा (बकर इद) मा सार्वजनिक बिदा दिन माग गरेको छ। गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर मुश्लिम समुदायको चाडमा सार्वजनिक बिदा घोषणाको व्यवस्था मिलाइदिन ज्ञापन पत्र बुझाइएको मुश्चिम संघका अध्यक्ष अब्दुल सतारले सेतोपाटीलाई बताए।

मुश्लिम संघले बिहीबार गृहमन्त्री खाँणलाई भेटेर ज्ञापन पत्र बुझाएका थिए। संघका महासचिव मोख्तार अहमदले बुझाएको ज्ञापत्र पत्रमा पहिले शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा दिन सुरू गरिएको सार्वजनिक बिदा केपी शर्मा ओली प्रधानमन्त्री भएपछि स्थगित गरिएको उल्लेख छ। बकर इद यसपालि साउन ६ गते पर्ने र त्यस दिन सार्वजनिक बिदा दिन मुश्लिम संघले माग गरेको हो।

यस्तै मुश्लिम संघले बिदा कटौती गरिएका सबै समुदायका महत्वपूर्ण चाडपर्वमा बिदा दिइनुपर्ने ज्ञापनमा माग गरेको छ।

Related posts