इन्डोनेसियामा बाढीपहिरोमा परी कम्तिमा १६ जनाको मृत्यु

जाकार्ता । इन्डोनेसियाको राष्ट्रिय प्रकोप व्यवस्थापन एजेन्सी (बीएनपीबी) ले मध्य जाभा प्रान्तमा अवस्थित पेकालोङ्गन रिजेन्सीमा आएको बाढी र पहिरोमा परी कम्तीमा १६ जनाको मृत्यु भएको जनाएको छ। १० जना अझै बेपत्ता छन्।

पेकालोङ्गनका फादिया अराफिकले भने, ‘धेरै उप–जिल्लाहरूले यस्तै घटनाहरू अनुभव गरे तापनि पेटुङ्क्रिओनो सबैभन्दा बढी प्रभावित भएको थियो। सोमबार रातिदेखि मङ्गलबार बिहानसम्म भारी वर्षाले पेटुङ्क्रिनो उप–जिल्लामा अचानक बाढी र पहिरो निम्त्यायो।’

उद्धार कार्य जारी रहेको छ। अधिकारीहरूले मानिसहरूलाई सावधानी अपनाउन र नदीहरूबाट टाढा रहन आग्रह गरेका छन्। रासस/सिन्ह्वा

 

Related posts