सुमन बुढाथाेकीकाे काेरियाेग्राफ तथा सम्पादनमा सुन्दरकाे “मन” सार्वजनिक

काठमाडौं । विभिन्न भाका र शब्दहरुमा नेपाली बजार तताई रहेकाे अवस्थामा साेनराकी प्राेडक्सनकाे प्रस्तुतिमा शुन्दर मगरले बिलकुलै नयाँ साङ्गीतिक काेसेली “मन” लिएर आएका छन्।

उपत्यका र आसपासकाे स्थानमा छायांकन गरिएकाे ३ मिनेटकाे साङ्गीतिक भिडियाेमा शुन्दर मगर र पम्फा चाम्लिङ राईकाे आवाजमा रहेकाे छ भने शब्द, सङ्गीत समेत शुन्दर मगरकाे रहेकाे छ।

यस्तै, यस गीतकाे भिडियाेलाई JB Motu ले डाइरेक्सन गरेका छन् भने याे गीतकाे भिडियाेमा माेडलकाे रुपमा भने प्रकाशदिप तिमल्सिना र मिकु चाम्लिङलाई देख्न सकिन्छ।

उक्त “मन” साङ्गीतिक काेसेलिमा तयार पारिएकाे भिडियाेकाे काेरियाेग्राफ तथा भिडियाे सम्पादन भने सुमन बुढाथाेकीले गरेका छन् भने, शुन्दर मगर नामक युटुब च्यानलमा याे गीतकाे भिडियाे हेर्न सकिने छ।

भिडियो हेर्न क्लिक
https://youtu.be/D6PFQRpza00?si=1_8OL6gklwZUUFD3

Related posts