छिमेकी राष्ट्र चिनले नेपाललाई थप १६ लाख डोज कोरोना विरुद्ध खोप अनुदान दिने निर्णय

काठमाडौ । नेपालको उत्तरी छिमेकी देश चीनले थप १६ लाख डोज कोरोना विरुद्ध खोप अनुदानमा नेपाललाई दिने भएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार शुक्रबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेकी चिनियाँ राजदूत होउ यान्छीले थप खोप अनुदानमा दिने कुरा बताएकी हुन्।

यान्छीले चीन सरकारले नेपाललाई थप खोप दिने निर्णय गरेको जानकारी दिएकी हुन्। यसअघि चीनले नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको छ र नेपालले किनेको ४० लाख डोज खोपमध्ये ८ लाख डोज नेपाल आइसकेको छ।

प्रधानमन्त्री देउवाले खोप सहयोगका लागि चीन सरकारलाई धन्यवाद दिदै आभार प्रकट गरेका छन्। केही दिनअघि भएको भर्चुअल पत्रकार सम्मेलनमा राजदूत यान्छीले आगामी दिनमा नेपाललाई थप खोप सहयोग गर्ने बताएकी थिइन्।

Related posts