३५ जना विपन्न परिवारलाई कम्बल वितरण

सुनसरी। कोशी गाऊँपालिका ७ हरिपुर स्थित सुकुमबासी टोलमा युवा समाजसेवा बिजय मुख्याले आफनो ब्यतिगत तरफ बाट ३५ जना बिपन परिबार लाई कम्बल बितरण गरेका छन।

जाडो मौसममा ध्यानमा राखी विपन्न परिवारलाई केही राहात दिने उद्देश्यले कोशी गाउँपालिका वडा न ७ स्थित सुकुमबासी टोलमा ३५ जना लाई कम्बल वितरण गरिएको बिजय मुखियाले बताए । मुख्याले भने हुन्नत म पनि गरीब नै छु तर वहाहरुको अबस्था धेरै नै गंभीर छ पैसा हुने बालाले ध्यान दिदैन न कुनै नेताले ध्यान दिन्छ त्यही भएर म आफनो गोजीबाटै गरीब, दुःखी, लाई कम्बल दिएर आफूहरुलाई ठूलो सहयोग पुगेको कोशी गाऊँपालिका ७ हरिपुर घर भएका बिजय मुखीयाले बताए।

कम्बल पाउने परिवारमा वृद्धवृद्धा, असहाय, शारीरिक रूपमा अशक्त, न्यून आय भएका तथा ज्याला-मजदुरी गरेर जिविकोपार्जन गर्ने नागरिकहरू थिए।जाडोमा न्यानो कम्बल पाउँदा वृद्धवृद्धा निकै खुशी भएका अनुहार देख्यो ।कम्बल वितरण कार्यक्रम बिजय मुख्याले आफनो ब्यतिगत तरफ बाट ३५ जना बिपन परिबार लाई कम्बल बितरण गरेका छन र मुख्याले समाजसेवाको प्रशंसा गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी सहयोग कार्यक्रम गरेको देख्न चाहेको बताए ।

उनले भने, अगामी दिन पनि कसैलै केही न दिए पनि सधैं सामाजिक सेवामा समर्पित रहन्छ मुख्याले भने हाम्रो सानो प्रयासले कसैको अनुहारमा खुसी ल्याउन सक्यो भने, हाम्रो उद्देश्य पूरा भएको ठान्छौं।”हामी आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू गर्दै जानेछौं

Related posts