दैनिकी ज्याला (मजदुरी) गरेर खानुपर्ने मजदुर तथा बिपन्न २० गरिव परिवारलाई राहत बितरण

कपिलबस्तु साउन १, कपिलबस्तुमा दैनिकी ज्याला (मजदुरी) गरेर खानुपर्ने मजदुर तथा बिपन्न परिवारका लागी अस्टे«लिया बाट माइलिन भन्ने दाता तथा वहाको टीमले आज कपिलबस्तु नगरपालिका वडा नं. १,२ र ३ का २० गरिव परिवारलाई राहत पु–याएको छ । कोरोना भाइरस कोभिड १९ को महामारीका कारण छाक टार्न पनि धौधौ परेको बेला उहाहरूलाई थोरै भए पनि राहत होस् भनेर माइलिन तथा वहाको टीमले अति विपन्न परिवारलाई राहत बितरण गरेको हो ।

photo 2021 07 16 20 17 18

कोरोना भाइरस कोभिड १९ को महामारीका कारण मजदुरी र ज्यालादारी गर्नेहरूको काम ठप्प रहेको हुदा उहाहरू रोगले भन्दा भोकले मर्नुपर्ने स्थिति भएकाले लुम्बिनी बिकास कोषका सदस्य राजेश ज्ञवालीको पहलमा र साझा प्रयासका संयोजक रबि ठाकुरको उपस्थितिमा माइलिन तथा वहाको टीम मार्फत २० जना गरिब परिवारलाई राहत वितरण गरिएको छ ।

२० जना अति विपन्न परिवारलाई २५ किलो चामल, ५ किलो पिठो, २ किलो दाल, १ लिटर तेल, १ प्याकेट नुन, १ किलो चिनी २ बट्टा साबुन ,१ किलो सर्फ,२ किलो आलु,२ किलो प्याज,आधा किलो स्वयाबिन र मसाला बितरण गरिएको छ । छाक टार्न धौधौ परेको बेला विपन्न परिवारले राहत पाउदा दाता तथा वहाका टिमलाई ती परिवारले धन्यवाद दिदै खुशी व्यक्त गरेको छन् ।एकअर्कालाई सहयोग गर्नु नै मानव धर्म हो’ नेपालमा भोकबाट कोही मर्न नपरोस् भनेर सक्दो कोशिस गर्दैछौ भन्दै माइलिन टिमका राहत बितरण संयोजक बिकास लामाले बताउनु भएको छ ।

photo 2021 07 16 20 17 16

Related posts