शुक्रबार (आज) बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘सरकारले नियमित कामलाई आफ्नो उपलब्धि भनिरहेको छ। के यो सरकार नभएको भए सिद्धबाबाको त्यो सानो सुरुङ ब्रेक थ्रु हुँदैनथ्यो ? कति मान्छेका लागि रोजगार सृजना गर्यो, अर्थतन्त्रमा कति सुधार भयो ? उपलब्धि त यो होला नि त।’
उनले सरकार भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षणमै लागिरहेको आरोप लगाए। ‘सरकार त भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षणमै लागिरहेको छ जस्तो लाग्छ,’ उनले भने।






