क्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवाद ल्याउछाैं : समरजंग

बुटवल । श्रमिक कम्युनिस्ट पार्टी नेपालकाे नाम अब समाजवादी कम्युनिस्ट पार्टी नेपाल रहेकाे छ । पुर्ण बहादुर सिंह “समरजंग” संयोजक रहेकाे श्रमिक कम्युनिस्ट पार्टी नेपालकाे नाम बदलिएर समाजवादी कम्युनिस्ट पार्टी नेपाल रहेकाे छ । गत बैशाखमा माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बाट बिद्रोह गरेर वैशाख १७-१८ सम्मा काठमाडौं भयकाे राष्ट्रिय भेलाबाट पार्टीको नाम श्रमिक कम्युनिस्ट पार्टी नेपाल राखेका थिय ।

माघ १६ गते देखि १९ गते सम्म लुम्बिनी प्रदेशकाे देवदहमा संचालन भयकाे बिशेष राष्ट्रिय सम्मेलनले पार्टीको नाम “समाजवादी कम्युनिस्ट पार्टी नेपाल” राखेको छ । संयोजक प्रणालीमा रहेकाे उक्त पार्टीले अहिले महासचिव , स्थायी कमिटी , पाेलिटब्युराे, केन्द्रीय समिति र केन्द्रीय परिषद साथै प्रदेश कमिटि, प्रदेश परिषद जिल्ला कमिटी, जिल्ला परिषद र तल स्थानीय तह सम्म कमिटी र परिषद रहने निर्णय सम्मेलनबाट पारित गरियकाे पार्टीका नव निर्वाचित महासचिव समरजंगले बताय।

महासचिव समरजंगले मुलुकमा भएको नवऔपनिवेशिक पूँजीवादी दलाल संसदीय व्यवस्थाका कारण श्रमिक उत्पीडित जनताको अवस्था अत्यन्त स‌ङ्गीन अवस्थामा पुगेको बताए। महासचिव समरजंगले साम्राज्यवादी मुलुकहरुको चौतर्फी राजनीतिक, आर्थिक, साँस्कृतिक लगायत उत्पीडन, दोहन र उनीहरुसँग दलाल सत्ताले गरेका घातक सम्झौताहरुका कारण राष्ट्रियता सङ्कटमा पर्दै गएको दावी गरेेका छन ।

उनले महंगी, बेरोजगारी, वित्तीय शोषण, मैङ्गिक, जातीय, आर्थिकलगायत उत्पीडनका कारण जनजीविका झन्‌झन् सङ्कटमा पर्दै गएको उल्लेख गर्दै युवा, प्रतिभा र पुंजीको पलायन डरलाग्दो ढङ्गले बढिरहेको बताए। राजनीतिक आन्दोलन र क्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवाद ल्याउने कार्ययोजना तयार गरेको र सोही अनुसार अगाडी बढने उनको भनाई छ।

सम्मेलनले वैज्ञानिक समाजवादी जनक्रान्तिको कार्यदिशा पारित गर्दै जनतामा जाऔं ! जनताको सेवा गरौं !! नाराका साथ मेची महाकाली तीनमहिने जनअभियान सञ्चालन गर्ने निर्णय गरेको समेत महासचिव समरजंगले बताए। पार्टीले आज नै पत्रकार सम्मेलन गरेर राष्ट्रिय सम्मेलनका नीत तथा कार्यक्रम सार्वजनिक गरेकाे छ ।

Related posts