काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
सोमबार (आज) अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेगरी बैठक बोलाइएको छ।
बैठक नियमित हो। बैठकमा सरकारका नियमित काम-कारबाहीबारे छलफल तथा निर्णय हुने बताइएको छ।






