माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड म्याग्दी जाँदै

पोखरा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोखरा हुँदै म्याग्दी प्रस्थान गरेका छन् ।  

प्रदेश इन्चार्ज दिनानाथ शर्मासहित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका अध्यक्ष प्रचण्डलाई गण्डकी प्रदेश सह–इन्चार्ज हरिराज अधिकारी, केन्द्रीय सदस्यहरू राजकाजी गुरुङ, नेत्र अधिकारी, राम जि बराल, दुर्गा विक, प्रदेश अध्यक्ष गायित्री गुरूङ, प्रदेश उपाध्यक्ष ग्यामनाथ गैर्हे लगायतले स्वागत गरे ।

अध्यक्ष प्रचण्डले मंगलबार म्यादीको बेनीबजारमा आयोजना गरिएको खबरदारी सभालाई सम्बोधन गर्नेछन् ।

Related posts