नेपाल राष्ट्रिय आधारभुट विधालय छात्रालाई झोला सहयोग

बाजुरा, माघ २२ । जिल्लाको हिमाली गाउँपालिका – ५ बोर्ता गाउँमा रहेकोे नेपाल राष्ट्रिय आधारभूत विधालय ६० जना छात्राहरुलाई झोला वितरण गरिएको छ । हिमाली गाउँपालिकाको आर्थिक सहयोगमा गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल द्वारा नेपाल राष्ट्रिय आधारभूत विधालयका छात्रालाई झोला सहयोग गरेको छ । विपन्न वर्गका विधालय अध्यनरत छात्रालाई झोला पाउदा पढाई ठुलो टेवा पुगेको छ । यसले थप विधालय पठनपाठनमा छात्राहरू प्रभावकारी हुने भएको छ । सहयोग गर्ने हिमाली गाउँपालिकालाई धन्यवाद सहित दिएको विधालय प्रधानाध्यापक जयराम पाण्डेले बताएका छन ।

‘विधालयमा विशेषगरी छात्राहरूको पढाई प्रभावित बनाउन हिमाली गाउँपालिका नेपाल राष्ट्रिय आधारभूत विधालय स्थलगत पुगेर झोला हस्तान्तरण गरेका छौँ ।’ छात्र भन्दा छात्राको जुन खालको अध्ययन गर्दा विधालयमा किताब बोक्ने झोला कतिपय खाली हातमा समातेर लिनुपर्ने स्थिति आजभोलि विधालयलाई झोला दिएपछि समस्या हटेको छ । विधालय जाने अधिकास विद्यार्थी थुप्रै किताब कापी हात लग्ने गरेको थियोे । अहिले धेरै जसो विद्यार्थी झोलामा स्कुलमा लिनुपर्ने सामाग्री बोक्न सहज भएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो ।

बोर्ता स्कुलमा पुगेर पालिको सानोतिनो सहयोग भएपनि विद्यार्थीहरुलाई झोला दिएको छ । गाउँमा कतिपय आर्थिक स्थिति न्यून आयोस्रोत भएका घरपरिवार आफ्ना छोरीलाई झोला सहयोग गरेको हुँदा खुशी व्यक्त गरेका छन । ‘पालिका विभिन्न ठाउँका विधालयमा आर्थिक कमजोर भएका विद्यार्थीहरुलाई पालिकाबाट आर्थिक सहयोग गर्ने गरेका छौँ ।’ जुन बोर्ता गाउँमा दिएको झोला त्यहाँका विद्यार्थी पढाईलाई प्रभावकारी गर्ने निम्ति हामिले विधालयमा गएर ६० जना छात्रालाई झोला वितरण गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताउनुभयो ।

Related posts